म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा दुई गोलले पछाडि रहेको स्थितिबाट वेस्ट ह्यामलाई आइतबार २–२ को बराबरीमा रोकेको छ ।
सिटीका लागि खेलको अन्त्यतिर रियाद महरेज पेनाल्टीबाट गोल गर्न चुके र खेल नाटकीय बराबरीमा टुंगेको थियो । खेलमा पहिलो हाफमा जरोड बोवेनको दुई गोलले वेस्ट ह्यामले अग्रता लिएको थियो र यो नतिजा कायम रहेको भए उपाधि होडमा लिभरपुललाई अवसर मिल्ने थियो ।
सिटीले बराबरी नतिजा मात्र निकाल्न सकेपछि प्रिमियर लिगको दौडमा लिभरपुलको आशा फेरि पलाएको छ । यो बराबरीपछि सिटीले शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ र लिभरपुलमाथि उसलाई गोल अन्तरको फाइदा पनि छ । जितले सिटीको ३७ खेलबाट ९० अंक भएको छ । लिभरपुलको ३६ खेलमा ८६ अंक छ ।
लिभरपुलले मंगलबार साउथह्याम्पटनको सामना गर्नेछ र त्यसमा पराजित रहे सिटीले उपाधि जित्ने छ । त्यसमा लिभरपुल विजयी रहे सिटीसँगको अन्तर एक अंकमा झर्नेछ । मे २२ मा हुने लिगको अन्तिम खेलमा सिटीले एस्टन भिल्लालाई पराजित गर्न सके पनि उसले उपाधि रक्षा गर्न सक्नेछ । अन्तिम दिन लिभरपुलले उल्भ्सको सामना गर्नेछ र उपाधिको छिनोफानो त्यस दिन मात्र पनि हुन सक्नेछ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ