बिहिबार, जेष्ठ ८, २०८२

भक्तपुरमा नेमकिपाको एकल राज ! काँग्रेस २४ हजार बढी मतले पछाडि


कान्तिपथ


भक्तपुर महानगरपालिकाको जारी मतगणनामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवारले मेयर पदमा सानदार मत पाएका छन् । नेमकिपाका सुनील प्रजापतिले पछिल्लो मत परिणामअनुसार २७ हजार ६६० मत पाएका हुन् । सो नगरपालिकामा काँग्रेसका उम्मेदवार रामप्रसाद कसुलाले ३ हजार १९९ मत पाएका छन् । नेमकिपा र काँग्रेसको मतान्तर २४ हजार ४४१ मत रहेको छ ।

यस्तै तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार रवीन्द्र लाछिमस्युले २ हजार ६६७ मत पाएका छन् । यसैगरी उपमेयरमा पनि नेमकिपाकै उम्मेदवारको सानदार मत छ । सो पालिकामा उपप्रमुखका उम्मेदवारले २८ हजार ११० मत पाएका छन् भने एमालेका उम्मेदवारले २७२४ मत पाएका छन् । यस्तै काँग्रेसका उम्मेदवारले १९१६ मत पाएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत