बिहिबार, जेष्ठ ८, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • यमनको विद्रोही नियन्त्रित राजधानीबाट छ वर्षमा पहिलो व्यावसायिक हवाइ उडान

यमनको विद्रोही नियन्त्रित राजधानीबाट छ वर्षमा पहिलो व्यावसायिक हवाइ उडान


कान्तिपथ


यमनको विद्रोही नियन्त्रित राजधानीबाट करिब छ वर्षमा पहिलो पटक सोमबार व्यावसायिक उडान सञ्चालनमा आएको छ । यसलाई द्वन्द्वबाट शान्ति प्रक्रियामा प्रवेश गरेको दुर्लभ र महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ । विदेशमा उपचारका लागि अस्पतालका बिरामी र उनीहरूका आफन्तहरूसहित १२६ यात्रु बोकेको यमेनियाको विमान सानाबाट जोर्डनको राजधानी अम्मानका लागि बिहान ९ बजे (०६०० जीएमटी) मा उडेको एएफपी पत्रकारहरूले बताएका छन् । इरान समर्थित हुथी विद्रोहीसँग लडिरहेका साउदी नेतृत्वको सैन्य गठबन्धनले गरेको हवाई हमलाका कारण अगस्ट २०१६ देखि सानाको विमानस्थल व्यावसायिक यातायातका लागि बन्द गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत