आइतवार, कार्तिक २३, २०८२

कुम्मायकमा गठबन्धनका लावती र खड्का विजयी


कान्तिपथ


पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।कुम्मायक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बमप्रसाद लावती र उपाध्यक्षमा माओवादी केन्द्रमा महेन्द्रबहादुर खड्का विजयी हुनुभएको हो । अध्यक्ष पदमा लावतीले तीन हजार ५७ मत प्राप्त गर्दा एमालेका सम्बाहाम्फेले दुई हजार ९०० मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा खड्काले दुई हजार ७५८ मत प्राप्त गर्दा आचार्यले दुई हजार ७२४ मत प्राप्त गर्नुभयो ।

यहाँ राप्रपाले अध्यक्ष पदमा २३३ र उपाध्यक्ष पदमा २२६ मत प्राप्त गरेको छ । यहाँअध्यक्ष पदमा ५०० तथा उपाध्यक्ष पदमा एक हजार १२ मत बदर भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत