मङ्लबार, जेष्ठ ६, २०८२

दाङको बङ्गलाचुली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पुन विजयी


कान्तिपथ


दाङको बङ्गलाचुली गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका तुलसीराम पुन पाँच हजार ७४९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका भेषराज खत्रीले तीन हजार ३७८ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा गठबन्धबाट नेपाली कांग्रेका भक्तबहादुर जिसीले पाँच हजार ९४४ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सरस्वतीकुमारी घर्तीले तीन हजार २६५ मत प्राप्त गर्नुभएको थियो । आठ वडा रहेको बङ्गलाचुलीमा नेपाली कांग्रेसले चार र माओवादी केन्द्रले चार वडा यसअघि जितिसकेका छन् । कूल पन्ध्र हजार ९५३ मतदाता रहेको सो गाउँपालिकामा दश हजार ७३३ मत खसेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत