सोमवार, जेष्ठ ५, २०८२

भारतीय प्रधानमन्त्री मोदीद्वारा पूजाआर्चना


कान्तिपथ


लुम्बिनी भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यहाँस्थित मायादेवी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । प्रधानमन्त्री मोदीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी डा आरजु राणा देउवाले पनि पूजाअर्चना गर्नुभयो ।

दुबै देशका प्रधानमन्त्रीहरुले पूजाअर्चना गरिरहँदा बौद्ध भिक्षुहरुले बुद्धबन्दना गरेका थिए । भारतका विशिष्ठ अतिथिले मायादेवी मन्दिर परिसरमा रहेको पवित्र सरोवरको परिक्रमा गर्नुका साथै यहाँस्थित अशोक स्तम्भमा द्वीपप्रज्ज्वलन गर्नुभयो ।

दुबै देशका प्रधानमन्त्रीहरुले अशोकस्तम्भ नजिकै रहेको वोधी वृक्षमा जलसिञ्चन पनि गर्नुभएको थियो । त्यसअघि भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री देउवालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेय शाक्य पुत्तले स्वागत गर्नुभएको थियो ।

आजै भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री देउवाले यहाँस्थित अन्तरराष्ट्रिय वौद्ध गुम्बा परिसरमा भारतका निम्ति सरकारले उपलब्ध गराएको भूमिमा निर्माण हुने भारत अन्तरराष्ट्रिय वौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्नाको साथै त्यहाँ राखिएको शिलालेखको अनावरण गर्नुभयो ।

त्यसअघि प्रधानमन्त्रीद्वयसँगै प्रधानमन्त्री देउवाको धर्मपत्नी डा देउवाले परित्राण पाठ र स्वस्तीवाचन श्रद्धापूर्वक श्रवण गर्नुभएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत