बिहिबार, जेष्ठ ८, २०८२

मेरिङदेन अध्यक्षमा कांग्रेस विजयी


कान्तिपथ


ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा नेपाली कांग्रेसबाट युकहाङवीर हाङ्गाम (डम्बर) विजयी हुनुभएको छ । उहाँले दुई हजार ८६९ मत प्राप्त गरी नेकपा (एमाले)का केदारजंङ्ग जोङवाङलाई ९९ मतान्तरले पराजित गर्नुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्षमा दुई हजार ५९८ मतले नेकपा (एकीकृत समाजवादी)का दुर्गाप्रसाद चोङबाङ विजयी हुनुभएको छ । उहाँकोे निकट्तम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दावा छिरिङ शेर्पाले एक हजार ६५७ मत प्राप्त गर्नुभएको थियो ।

मेरिङदेनको छ वडामध्ये १, २, ५ र ६ मा एमालेले जित हासिल गरेकोे छ भने ४ नं मा कांग्रेस र ३ नं मा गठबन्ध दलका उम्मेदवारले विजयी हासिल गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत