मङ्लबार, फाल्गुन ५, २०८२

युगान्डाले नेपाललाई जितको लागि १०३ रनको लक्ष्य दियो


कान्तिपथ


घरेलु मैदानमा आजदेखि शुरु भएको टि ट्वान्टी अन्तराष्ट्रिय महिला सिरिजको पहिलो खेलमा अफ्रिकी राष्ट्र युगान्डाले नेपाललाई जितका लागि १०३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रनको योगफल बनायो । युगान्डाका लागि जनेट एमबाबाजीले सर्वाधिक २९ रनको योगदान दिइन् । त्यसैगरी केभिन अविनोले १५ रन बनाइन भने फ्रान्कलिन नाजुम्बाले १२, रीता एनयागेन्गोले १८ तथा रीता मुसामालीले १३ जोडिन् । बलिङमा नेपालका कविता कुँवरले २ विकेट लिईन भने कप्तान रुबीना क्षेत्री, कविता जोशी र इन्दु बर्माले समान एक ÷एक विकेट लिए । नेपाल अहिले जवाफी व्याटिङमा उत्रेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत