जीएमटी समय अनुसार ३ बजेर ३० मिनेट जाँदा सोमवार हाम्रो चन्द्रमा पूर्ण रुपमा पृथिवी र सुर्यको बिचमा आउँदा चन्द्रग्रहण भएको थियो ।
त्यस समयमा चन्द्रमा पूर्णतया पृथ्वीको छायामा पर्यो – जसले अस्थायी रूपमा चन्द्रमालाई गाढा रातोको छायाँ जस्तो रंगमा परिणत गरेको थियो।
यसपालिको चन्द्रग्रहण एक अलग घटना संग मेल खान गयो – एक सुपर चन्द्र। यो तब हुन्छ जब चन्द्रमा आफ्नो कक्षामा पृथ्वीको सबैभन्दा नजिकको बिन्दुमा हुन्छ र त्यसैले सामान्य भन्दा ठूलो देखिन्छ।
त्यस पूर्ण चन्द्रग्रहणले बनाएको दुर्लभ सुपर ब्लड मुनको दृश्यको संसार भरिका मानिसहरुले अवलोकन गरेका छन् । पूर्ण चन्द्रग्रहण जीएमटी समय अनुसार ३ बजेर ३० मिनेट जाँदा सुरु भएको थियो र घटना पृथिवीको पश्चिमी गोलार्ध अर्थात् उत्तरी तथा दक्षिणि अमेरिकामा देखिएको थियो ।
त्यसको करिब डेढ घण्टापछि मात्रै चन्द्रमामा पुग्ने सूर्यको किरण पृथ्वीको वायुमण्डलबाट पास हुँदा रातो भएको थियो । युरोपमा चन्द्रमा अस्ताउने समय भएको कारणले त्यो घटना केही समयको लागि मात्र देखिएको थियो । तर अमेरिकामा भने सफा आकाश मुनिका क्षेत्रहरूमा यस दृश्यको आनन्द निकै बेरसम्म लिइएको थियो ।
लन्डनको ग्रीनविचमा रहेको रोयल अब्जर्भेटरीका खगोलशास्त्री डा ग्रेगरी ब्राउनका अनुसार “एक रोचक तथ्य के छ भने यदि तपाईं चन्द्रमामा उभिएको अन्तरिक्ष यात्री हुनुहुन्थ्यो भने पृथ्वीतिर फर्केर हेर्दै तपाईंले हाम्रो ग्रहको बाहिरी वरिपरि रातो रिंग देख्नुहुनेछ”, उनले बताएका छन्।
बिबिसीको सहयोगबाट