आइतवार, माघ ११, २०८२

काठमाडौंमा मतगणनास्थल बढाइँदै


कान्तिपथ


काठमाडौं महानगरपालिकाको मतगणनामा ढिलाइ भएको गुनासो आउन थालेपछि मतगणनास्थल थपिने भएको छ ।

पहिलो दिन तीन ठाउँबाट मतगणना शुरु गरिएको थियो । सोमबार दिउँसोसम्म पाँच ठाउँमा गणनास्थल छ । यसलाई पनि बढाएर सात पुराउन लागिएको मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए ।

मत गणनामा ढिलाइ भएको गुनासो आएपछि गणनास्थल थपेर सात पुर्‍याउन लागिएको उनले बताए । जति सक्दो छिटो परिणाम दिनेमा प्रतिवद्ध रहेको बताउँदै उनले भने, ‘स्थान बढाएर हुन्छ कि, कर्मचारी थप्न पहल गरेर हुन्छ कि, के गरेर हुन्छ छिटो छरितो गराउने कुरामा म एकदमै प्रतिवद्ध छु ।’

हाल वडा नम्बर ३, ४, ५, ३१ र ३२ को मतगणना जारी छ । वडा नम्बर १ र वडा नम्बर २ को अन्तिम परिणाम सार्वजनिक भैसकेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत