बुधबार, असार १५, २०७९

दङ्गीशरणको अध्यक्ष–उपाध्यक्षमा कांग्रेसको जित


कान्तिपथ


दाङको दङ्गीशरण गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रस शम्मु गिरी र उपाध्यक्षमा पीमाकुमारी खड्काले विजय हासिल गर्नुभएको छ । नवनिर्वाचित गिरीले पाँच हजार ७६७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का मेघनाथ शाहले चार हजार ४९ मत प्राप्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मनिराम चौधरीले एक हजार ७८३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय दङ्गीशरणले जनाएको छ ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसका पीमाकुमारी खड्का चार हजार ७७९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका बुधनी चौधरीले चार हजार ३११ र माओवादीका निर्मला चौधरीले एक हजार ८४६ मत प्राप्त गर्नुभएको छ । खड्का यसअघि पनि गाउँपालिकाको उपाध्यक्ष जित्न सफल हुनुभएको थियो । अध्यक्ष एमालेले जितेको थियो । कूल १८ हजार १०६ मतदाता रहेकामा १३ हजार ८७ अर्थात् ६६.७३ मत खसेको थियो ।

तुलसीपुर उपमहानगरपालिका–१७ मा मतदान सुरु

दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा मतदान सुरु भएको छ । एमालेका वडाध्यक्षमा उम्मेदवार बन्नुभएका लबरु चौधरीको निधन भएपछि स्थानीय तहको निर्वाचन यही जेठ ३ गते सारिएको थियो ।

निर्वाचन सहायक अधिकृत ढकबहादुर रावतका अनुसार जनकल्याण मावि दूधरास र दीपेन्द्र मावि मानपुरमा मतदानस्थल तोकी त्यहाँ सातवटा मतदान केन्द्र राखिएको छ । दूधरासमा दुई हजार ७३४ र मानपुरमा तीन हजार ३८३ मतदाता सङ्ख्या छ । सो वडाको मतदान सकिएपछि आज बेलुकाबाट तुलसीपुर उपमहानगरपालिकाको मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जनाएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत