इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा सोमबार दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई १७ रनले हराएर अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । योसँगै दिल्लीको प्ले अफ सम्भावना बढेको छ । यो जितपछि दिल्लीले १४ अंक पाएको छ ।
रोयल च्यालेन्जर्स बेंगलोर भने समान १४ अंकमा पाँचौं स्थानमा झर्यो । पञ्जाव १२ अंकसहित सातौं स्थानमा रह्यो ।
डीवाई पाटिलले क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्दा दिल्लीले सात विकेटमा १ सय ५९ रन बनाएको थियो । त्यसमा मिचेल मार्सले सर्वाधिक ६३ रन बनाए । जवाफमा पञ्जावले २० ओभरमा नौ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो ।
जितेश शर्माको ४४ रन नै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर रह्यो । उक्त खेलमा दिल्लीका लागि सार्दुल ठाकुर सबैभन्दा सफल बलर रहे । उनले ३६ रन दिएर चार विकेट लिए र खेलका प्लेयर अफ द म्याच पनि घोसित भएका थिए ।
अब मुम्बई इन्डीयंसलाई अन्तिम खेलमा हराउन सके दिल्ली प्लेअफ़मा पुग्ने छ भने दिल्लीले हारेमा र रोयल च्यालेंजेर्सले आफ्नो खेल जितेमा बेंगलोर अगाडी बढ्ने छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ