मङ्लबार, जेष्ठ ६, २०८२

‘म्याकडोनाल्ड’ स्थायी रूपमै रुस छाड्दै


कान्तिपथ


अमेरिकाको मल्टीनेश्नल रेष्टुरेन्ट चेन म्याकडोनाल्डले स्थायी रूपमै रुस छाड्ने भएको छ । रुसले छिमेकी मुलुक युक्रेनमा सैन्य हमला गरेपछि सेवा सुरू गरेको ३० वर्षपछि सदाका लागि रुस छाड्ने घोषणा कम्पनीले गरेको हो ।

बेलायती समाचार संस्था बीबीसीका अनुसार सन् १९९० मा रुसको राजधानी मस्कोमा अमेरिकाको फास्टफूड रेष्टुरेन्ट कम्पनी म्याकडोनाल्डको पहिलो शाखा स्थापना भएको थियो । उक्त समयमा सोभियत संघले पश्चिमा ब्राण्डलाई आफ्नो देशमा शाखा खोल्न अनुमति दिएपछि म्याकडोनाल्ड मस्को पुगेको थियो ।

त्यसयता, यही वर्ष सन् २०२२ को मार्चमा रुसबाट म्याकडोनाल्डले अस्थायी रूपमा ८५० वटा चेन आउटलेट बन्द गरेको थियो । जुन, अब स्थायी रूपमै सेवा बन्द गर्न लागेको हो । ‘रुसमा रहेको रेष्टुरेन्टका शाखा स्थानीय व्यापारीलाई बेच्न लागिएको छ,’ कम्पनीले भनेको छ, ‘अबको केही समयभित्रै रुसमा म्याकडोनाल्ड रेष्टुरेन्ट र यसका मेनु पाइनेछैन ।’

सेवा बन्द गरेपनि कम्पनीले आफ्नो ट्रेडमार्क (व्यापारिक पहिचान) भने निरन्तर कायम राख्ने बताइएको छ । यसको अर्थ अन्य कुनै पनि कम्पनी वा व्यक्तिले रुसमा म्याकडोनाल्डको नामबाट व्यापार समेत गर्न पाउने छैनन् । म्याकडोनाल्डले रुसमा ६२ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको थियो ।

म्याकडोनाल्डका प्रमुख क्रिस केम्पिंकजिन्स्कीले रुसमा सेवा बन्द गर्ने निर्णय सहज नभएको बताएका छन् । उनले लामो समयदेखि सेवा नदिइ रुसमा बस्नु सहज नभएकाले स्थायी रूपमै सेवा बन्द गर्न लागेको जानकारी दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत