बिहिबार, जेष्ठ ८, २०८२

खप्तड छेडेदहको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी


कान्तिपथ


जिल्लाको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले)का दिलबहादुर रावतले तीन हजार ७४७ मत प्राप्त गरी विजयी हुनुभएको छ । यसैगरी उपाध्यक्षमा तीन हजार ६४२ मत प्राप्त गरी नेपाली कांग्रेसका विसुदेवी नाथ विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिस्पर्धी क्रमशः कांग्रेसका खड्कबहादुर बुढाले तीन हजार ५५८ र एमालेका मनदेवि ओलीले तीन हजार ५९४ मत प्राप्त गर्नुभएको छ ।

सात वडा रहेको खप्तड छेडेदहमा पाँच वडामा कांग्रेस विजयी भएको छ भने दुईवडामा एमालेले जित हासिल गरेको छ । कांग्रेसबाट वडा नं १ मा वीरबहादुर रावल, २ मा भक्तबहादुर बुढा, ३ मा विर्कबहादुर रावत, ५ मा जीतबहादुर रावत र ६ मा हर्क विष्ट विजयी हुनुभएको छ । त्यस्तै एमालेबाट वडा नं ४ मा दलबहादुर धामी र वडा नं ७ मा खगेन्द्र हादुर रावतसहित सिङ्गो टिम विजयी भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत