बिहिबार, जेष्ठ ८, २०८२

भारतले निर्यात रोक्दा गहुँको मूल्य विश्वभर आकासियो


कान्तिपथ


भारतले निर्यात प्रतिबन्ध लगाएसँगै विश्वव्यापीरूपमा गहुँको मूल्य ह्वात्तै बढेको छ । भारतले निर्यात रोकेपछि गहुँको मूल्य बढेको बेलायती समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । भारतको निर्णयसँगै गहुँको मूल्यमा उच्च वृद्धि आएको हो ।

भारतले गत साता आन्तरिक बजारमा मूल्य बढेको भन्दै गहुँको निर्यातमा रोक्ने निर्णय गरेको थियो । यतिबेला विश्वबजारमा गहुँको मूल्य ६० प्रतिशतभन्दा बढीले उकालो लागेको स्थिती छ । अन्तर्राष्ट्रिय बजारमा गहुँको प्रयोग रोटी बनाउनेदेखि नूडल्स लगातका खाद्य वस्तु उत्पादनमा प्रयोग गरिन्छ ।

निर्यात प्रतिबन्ध लगाउँदै भारतको केन्द्र सरकारले भनेको छ, ‘देशको खाद्य आवश्यक्ता पूर्ति गर्न निर्यात बन्द गरिएको हो ।’ यद्यपी, भारतीय सरकारी अधिकारीहरूका अनुसार यो प्रतिबन्ध स्थायी नभइ अस्थायी मात्र हो ।

भारतको गहुँ निर्यात प्रतिबन्ध लगाउने निर्णयसँगै जर्मनीका कृषि तथा खाद्य मन्त्री केम ओज्डेमिरले विरोध गरेका छन् । उनले जी सेभेनको सभामा बोल्दै भनेका छन्, ‘यदी सबै मुलुकले आफ्नो आवश्यक्ता पुरा गर्न निर्यात बन्द गर्ने हो भने आगामी दिनमा नराम्रो स्थिती आउन सक्छ ।’

खासगरी, रुस–युक्रेन युद्धका कारण यतिबेला विश्वभर गहुँको आपूर्ति व्यवस्था खलबलिएको छ । मूल्यवृद्धि भएसँगै भारतले आन्तरिक माग पुरा गर्न भन्दै निर्यातमा प्रतिबन्ध लगाएको छ । यसअघि, इण्डानेशियाले पाम तेलको निकासी पूर्णरुपमा रोकेको थियो । आन्तरिक बजारमा तेलको मूल्य बढेको र त्यसलाई नियन्त्रण गर्नेभन्दै इण्डोनेशिया सरकारले पाम तेल निकासी रोकेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत