अमेरिकी वायुसेनाले सोमबार आफूहरुले एक हाइपरसोनिक हतियार परीक्षण गरेको जानकारी दिएको छ । उक्त हाइपरसोनिक हतियार आवाजको गतिभन्दा पाँच गुणा तीब्र गतिले उडान भर्नसक्छ ।
वायुसेनाले एक बयान जारी गरेर बी–५२ बम्बरमार्फत् एयर–लन्च्ड र्यापिड रेस्पोन्स वेपन छोडेको हो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार यी परीक्षण शनिबार दक्षिणी क्यालिफोर्नियाको तटमा गरिएको हो ।
यद्यपि, यो परीक्षणको विषयमा अन्य थप जानकारी भने अहिलेसम्म दिइएको छैन ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ