मङ्लबार, मंसिर २३, २०८२

डिबाला र किलिनीको बिदाई खेलमा युभेन्ट्स बराबरीमा रोकियो


कान्तिपथ


स्टार खेलाडी पाउलो डिबाला र जर्जिओ किलिनीको बिदाई खेलमा २-० को अग्रता जोगाउन नसक्दा इटालियन सिरी ए खेलमा युभेन्ट्स लाजियोसँग २-२ गोलको बराबरीमा रोकिएको छ ।

घरेलु मैदान एलिएन्ज स्टेडियममा भएको खेलमा डुसान भ्लाहोभिच र अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सलाई २-० को सुरुआती अग्रता दिलाए । तर भ्रमणकारी टोली लाजियोको लागि सर्गेज मिलिन्कोभिकले एक गोल गर्दा युभेन्ट्सका एलेक्स सान्द्रोले आत्माघाती गोल गरे ।

खेलसंगै युभेन्ट्सले पाउलो र किलिनीको बिदाई गरेको छ । दुवैले सिजनको अन्त्यमा क्लब छाड्ने निर्णय लिएका थिए । बराबरीसँगै युभेन्ट्स ३७ खेलबाट ७० अंक जोडेर चौथो स्थान छ । समान खेलबाट लाजियो ६३ अंक जोडेर पाँचौँ स्थानमा छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत