बिहिबार, जेष्ठ ८, २०८२

सायलमा कांग्रेसका जोशी विजयी


कान्तिपथ


डोटीको सायल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी र उपाध्यक्षमा सोही पार्टीका निर्मला बोहरा ओली विजयी हुनुभएको छ । अध्यक्ष पदका उम्मेदवार जोशीले तीन हजार २४३ र उहाँका प्रतिस्पर्धी एमालेका तेजबहादुर डुम्रेले दुई हजार २४० मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्षमा कांग्रेसका उम्मेदवार ओलीले दुई हजार ९३७ र उहाँका प्रतिस्पर्धी एमालेका विष्नादेवी सिंहले दुई हजार १५४ मत प्राप्त गर्नुभएको छ । छवटा वडामध्ये पाँच वटामा कांग्रेस र एउटा वडामा एमाले वडाध्यक्षमा विजयी भएका छन् ।

जोरायलमा एमाले विजयी

जिल्लाको जोरायल गाउँपालिकामा एमाले विजयी भएको छ । निर्वाचन अधिकृत टीकाराम ढकालका अनुसार एमालेबाट गाउँपालिका अध्यक्षका लागि उम्मेदवार बन्नुभएका दुर्गादत्त ओझाले तीन हजर ४४९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपककुमार विष्टले तीन हजार ४१२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपाध्यक्षमा एमालेकै जमुना बोहराले तीन ५९९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्राकुमारी साउदले तीन ५१७ मत प्राप्त गर्नु भएको छ ।

गठबन्धन दलका तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका नेकपा (एकीकृत समाजवादी)का किरण मल्लले एक हजार ६५९ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका तर्फबाट उपाध्यक्षको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र)का प्रेमाकुमारी ओलीले ८३२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी वडा नं १ बाट वडाअध्यक्षमा एमालेका जगतबहादुर मल्ल, वडा नं २ बाट सोही पार्टीकै वीरबहादुर दर्लामी, वडा नं ३ बाट कांग्रेसका नवीन ओझा, वडा नं ४ बाट एमालेका नन्दलाल भट्ट, वडा नं ५ बाट कांग्रेसका ध्वजबहादुर देउवा तथा वडा नं ६ बाट एमालेका गणेश बोहरा विजयी हुनुभएको छ । उक्त पालिकामा मतदाता सङ्ख्या १३ जहार ३१५ रहेकामा नौ हजार २६९ मत खसेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत