सोमवार, मंसिर २९, २०८२

मदन–आश्रित स्मृति दिवस मनाइँदै


कान्तिपथ


नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको स्मृति दिवस आज मनाइँदै छ । विसं २०५० जेठ ३ गते हालको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा जीप दुर्घटना हुँदा उहाँहरुको निधन भएको थियो ।

विगतका वर्षहरूमा ठूला कार्यक्रमसमेत हुने भए पनि यस वर्ष मतगणना भइरहेकाले जिल्लामा ठूला कार्यक्रमा राखिएको छैन । मदन भण्डारी फाउण्डेशन चितवनले श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरेको छ । फाउण्डेशन चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईका अनुसार सबै पालिकामा मतगणना भइरहेकाले फाउण्डेशनले श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरी श्रद्धासुमन व्यक्त गर्दैछ ।

फाउण्डेशन चितवनले दासढुङ्गा र गाँजीपुरलाई राजनीतिक तीर्थस्थलका रूपमा विकास गर्दै पर्यटकीय आकर्षणको केन्द्र बनाउन पहल गर्दै आइरहेको छ । जननेता भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादलाई एमालेले अहिले पनि पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा अघि बढाउँदै आएको अध्यक्ष डा भट्टराईले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत