मङ्लबार, मंसिर २३, २०८२

पाँचखपन प्रमुखमा कांग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी विजयी


कान्तिपथ


सङ्खुवासभाको पाँचखपन नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका विपीन राईले चार हजार ७८८ मतप्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्धन्द्वी नेकपा (एमाले)का हिन्दूकुमार राईले तीन हजार ४३७ मत ल्याउनुभएको छ । नवनिर्वाचित राई यसअघिका नगरप्रमुख हुनुहुन्छ ।

त्यस्तै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का सुमुना श्रेष्ठले तीन हजार ८३४ मत विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्वन्द्वी एमालेका अनिता न्यौपानेले तीन हजार ४८७ मत पाउनुभएको छ ।

धर्मदेवी प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

जिल्लाको धर्मदेवी नगरपालिका प्रमुखमा एमालेका उदयचन्द्र पौडेल चार हजार २८२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्धन्दी कांग्रेसका थलकुमार लिङ्खाले चार हजार १९३ मत ल्याउनुभएको छ । पौडेल यसअघि वडाध्यक्ष हुनुहुन्थ्यो । उपप्रमुखमा कांग्रेसका तारा महतले चार हजार २३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्धन्दी एमालेका लक्ष्मी गिरीले चार हजार पाँच मत ल्याउनुभएको छ । यसअघि धर्मदेवी नगरप्रमुख–उपप्रमुख कांग्रेसले जितेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत