सोमवार, कार्तिक २४, २०८२

शारदा नगरपालिकामा कांग्रेस र कपुरकोटमा समाजवादी विजयी


कान्तिपथ


सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस प्रकाश भण्डारीले छ हजार १२७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मनोज प्रधानले चार हजार ९३७ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा कांग्रेसकै सुस्मिता सापकोटाले पाँच हजार ३८० मत प्राप्त विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रमेश गौतमले चार हजार ५२२ मत प्राप्त गर्नुभएको छ । शारदा नपामा यसअघि पनि दुवै पदमा कांग्रेस विजयी भएको थियो ।

नगरपालिकाभित्रका १५ वडामध्ये कांग्रेसले आठ वडाध्यक्ष, एमालेले पाँच र माओवादी र समाजवादीले एक–एक वडाध्यक्ष जितेका छन् । यस्तै कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीका दुर्गा पुनले तीन हजार १६० मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर सेनले दुई हजार ९३६ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपाध्यक्षमा माओवादीका प्रकाश भण्डारीले तीन हजार २४० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका भीम बुढाथोकीले दुई हजार ७४५ मत प्राप्त गर्नुभएको छ । छवटा वडा रहेको कपुरकोटमा तीन वडामा एमाले, एक वडामा कांग्रेस, एक वडामा माओवादी र एक वडामा राप्रपा विजयी भएका छन् ।

दश वटा स्थानीय तह रहेको जिल्लामा हालसम्म पाँच स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ भने पाँच तहमा मतगणना भइरहको छ । हालसम्मको मतपरिणाम अनुसार कालीमाटी र छत्रेश्वरी गाउँपालिकामा एमाले र वागचौर , वनगाड कुपिण्डे नगरपालिका सहित र दार्मा गाउँपालिकामा माओवादीको अग्रता कायम छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत