मङ्लबार, बैशाख २९, २०८३

बाह्रबिसेमा कांग्रेसका बस्नेत विजयी


कान्तिपथ


बाह्रबिसे नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेतले सात हजार ७२८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का निमफुञ्जो शेर्पाले पाँच हजार ४३३ मत प्राप्त गर्नुभयो ।

यसैगी उपप्रमुखमा कांग्रेसका मन्जु तामाङले छ हजार ९७७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका सुशीला पाख्रिनले पाँच हजार ९९० मत प्राप्त गर्नुभएको थियो ।

बलेफिमा माओवादी विजयी

बलेफी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार गङ्गाबहादुर तामाङले चार हजार ६६६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका सुवास तिमल्सिनाले चार हजार १०५ मत प्राप्त गर्नुभएको थियो । यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी सरु लामा तामाङले चार हजार ३९४ मत ल्याएर विजयी हुनुभयो ।

हेलम्बुमा कांग्रेस विजयी भएको छ । पाँचपोखरी, इन्द्रावती र मेलम्चीमा एमाले र चौतारा नगर, लिसङ्खुपाखर, जुगलमा माओवादी अघि छ । सुनकोसी, त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेस अघि छ ।

भोटेकोसीमा कांग्रेस विजयी

भोटेकोसी गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका पासाङनोर्बु लामा दुई हजार ६०५ मत र उपाध्यक्षमा दुई हजार ७१२ मत ल्याएर दिछेन शेर्पा विजयी हुनुभएको छ ।

उहाँहरुका निकटतम प्रतिद्वन्द्वी एमालेका अमृत खड्का दुई हजार ४८ र सुन्तलीमाया श्रेष्ठले दुई हजार ५५३ मत प्राप्त गर्नुभएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत