काठमाडौं महानगरपालिकामा हालसम्म २५ हजार ९४ मतको गणना भएको छ । हालसम्म स्वतन्त्रमा लौरो चुनाव चिह्न लिएर मेयर पदमा प्रतिस्पर्धा गरिरहेका बालेन शाहले अग्रता बनाइरहेका छन् ।
बालेनको भन्दा लगभग आधा मत ल्याउदै एमालेका उम्मेदवार केशव स्थापित पछि रहेका छन् भने स्थापित भन्दा पनि पछि काँग्रेस उम्मेदवार सिर्जना सिंह परेकी छन् ।
रोचक त के छ भने काठमाडौं महानगरपालिकामा उम्मेदवारी दिएकामध्ये १९ उम्मेदारले हालसम्म एक मत पनि पाउन सकेका छैनन् ।
शून्य मत ल्याउनेहरुमा कलमको फूल, ब्याडमिन्टन कर्क, हाँस, सेफ्टी पिन, बिरालो, प्रेसर कुकर, चुलेसी, भ्यागुतो, कक प्लेट, ठेकी, जोडी कमबुट, भालु, घण्टाघर, कंगारु, फ्रक, चौबन्दी चोलो, खसीको टाउको, बँदेल र ग्यास सिलिन्डर चुनाव चिह्न भएका उम्मेदवारहरु रहेका छन् ।
यस्तै एक मत मात्रै ल्याउने उम्मेदवार पनि उल्लेख्य देखिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले मंगलबार मध्याह्न सार्वजनिक गरेको विवरण अनुसार वडा नम्बर १,२,३,४,५,६, ३१ र ३२ को मतगणना गर्दा यस्तो तथ्य देखिएको हो । काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा गत शनिबारदेखि जारी छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ