सोमवार, बैशाख ९, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • विराटनगरमा आफ्नै कार्यकर्ताद्वारा कांग्रेसका केन्द्रीय सदस्यमाथि हातपात

विराटनगरमा आफ्नै कार्यकर्ताद्वारा कांग्रेसका केन्द्रीय सदस्यमाथि हातपात


कान्तिपथ


वडाध्यक्षका उम्मेदवार पराजित भएपछि कार्यकर्ताले नेपाली कांग्रेसका केन्दीय सदस्य हसन अन्सारीमाथि हातपात गरेका छन् । मंगलबार बिहान अन्सारीकै घरमा कार्यकर्ताहरुले हातपात गरेका हुन् ।

व्यावसायी समेत रहेका अन्सारी विराटनगर महानगरपालिका– १७ का बासिन्दा हुन् । सो वडामा नेपाली कांग्रेसका उम्मेदवार असलम आलम वडाध्यक्षमा पराजित भएका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा जसपाबाट विराटनगर-१५ को अध्यक्ष जितेका उनी कांग्रेस प्रवेशपछि वडा नम्बर १७ को उम्मेदवार बनेका थिए । आलम जसपाका उम्मेदवार समिम कमर मियाँसँग ५०६ मतले पराजित भएका थिए । कमर १४५० मतसहित विजयी हुँदा आलमले ९४४ मत प्राप्त गरे ।

आफ्ना पार्टीको उम्मेदवार हराउन भूमिका खेलेको आरोप लगाउँदै कार्यर्कताले उनीमाथि हातपात गरेका थिए । अन्सारीले मंगलबार आफ्नै घरमा निर्वाचन समीक्षा छलफल राखेका थिए । छलफलका क्रममा उनीमाथि हातपात भएको हो । हातपात भएको विषयमा आलमले इलाका प्रहरी कार्यालय रानीमा निवेदन दिएका छन् । प्रहरीले दुवै पक्षसँग छलफल गरेको छ ।

अन्सारीले आफूमाथि गुण्डाको समूहले आक्रमणको प्रयास गरेको बताए । आफूलाइ २–४ जना सहकर्मीले बचाएको उनले बताए । पार्टी हारेका विषयमा आफू दुःखी रहेको बताउँदै उनले भने,‘ मार्ने नै प्रयास भयो ।’

नेपाली कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार असलम आलमले भने अन्सारी माथि हातपात नभएको बताए । उनका अनुसार मंगलबार अन्सारीको घरमा चुनावी समीक्षाका बैठक बसेको थियो । बैठकमा कांग्रेस नेताले नै अन्य उम्मेदवारलाई सहयोग गरेको विषय निस्किएपछि सामान्य विवाद भएको उनले बताए । ‘छलफलका क्रममा सामान्य विवाद भएको हो,’ आलमले भने,‘ हातपात भएको छैन ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत