बिहिबार, जेष्ठ ८, २०८२

निर्वाचनपछिको पहिलो दिन नेप्सेमा ८४ अंकको पहिरो


कान्तिपथ


आज निर्वाचनपछिको पहिलो कारोबार भएको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ८४ अंकको गिरावट आएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएर पहिलोपटक कारोबार खुल्दा सेयर बजारमा ८४ अंकको गिरावट आएको हो ।

आज २३ सय ४९ अंकबाट कारोबार सुरू भएको थियो । कारोबार सुरू भएदेखि नै ओरालो लागेको नेप्से परिसूचक २२ सय अंकतर्फ आएर रोकिएको हो । यससँगै, आज १ अर्ब ६४ करोड रुपैयाँ बराबरको ३५ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको छ ।

परिसूचक ८५ अंकले घट्दा आज सबै समूहमा गिरावट आएको छ । जीवन बीमा समूहमा ५९२ अंकको गिरावट आउँदा निर्जीवन बीमा समूहमा ४८५ अंकले घटेको छ । यस्तै, विकास बैंक समूह १६३ अंकले घट्दा लघुवित्त समूहमा १४३ अंकको गिरावट आएको छ । यसैगरी, उत्पादनमूलक समूह १४२ अंकले घटेको छ । यीबाहेक अन्य सबै समूहमा गिरावट आएको छ ।

आज कारोबार भएका तीन वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । जसमध्ये लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यसबाहेक अन्य ६ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत