सोमवार, जेष्ठ ५, २०८२

संसद् अवरोधबाट पछि हट्यो एमाले


कान्तिपथ


नेकपा एमालेले झन्डै ९ महिनादेखि जारी राखेको संसद् अवरोध अन्त्य गरेको छ । एमाले उपमहासचिव तथा सांसद प्रदीपकुमार ज्ञवालीले त्यसको जानकारी संसद्‍मा गराएका हुन् ।

बजेट अधिवेशन सुरु भएको दिनबाट एमालेले अवरोध अन्त्य गरेको हो । एमालले भदौ २३ देखि संसद्मा विरोध जारी राखेको थियो । एमालेले माधवकुमार नेपालसहितका नेतालाई सांसदबाट हटाउन सिफारिस गरेको थियो। उपमहासचिव ज्ञवालीले एमालेले आफ्ना असन्तुष्टिहरू फरक शैलीमा प्रस्तुत गर्ने पनि जानकारी दिएका छन् ।

तर सभामुख अग्निप्रसाद सापकोटाले उक्त सिफारिस कार्यान्वयन नगरेको भन्दै उसले संसद् अवरोध जारी राखिरहेको थियो । सभामुखले राजीनामा दिनुपर्ने वा कारबाहीको सूचना टाँस्नुपर्ने एमालेको माग थियो ।

सरकारले जेठ ७ मा नीति तथा कार्यक्रम ल्याउँदै छ । संयुक्त सदनमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । । जेठ १५ मा सरकारले आउँदो वर्षको विनियोजन विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । विनियोजन विधेयक ल्याउनुभन्दा १५ दिनअघि नै बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी अर्थमन्त्रीले प्रस्ताव गर्नुपर्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत