सोमवार, जेष्ठ ५, २०८२

बकैयामा गठबन्धनका लामिछाने र खत्री निर्वाचित


कान्तिपथ


मकवानपुरको बकैया गाउँपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका धर्म लामिछाने विजयी भएका छन् । उनले प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार सरला बोलखेलाई पराजित गरेका हुन् । २१ हजार ७७१ मत खसेको बकैयामा विजयी भएका कांग्रेसका लामिछानेले ११ हजार २९२ मत प्राप्त गरे भने पराजित बोलखेले ७ हजार ६६ मत प्राप्त गरिन् ।

त्यस्तै पालिका उपप्रमुखमा माओवादी केन्द्रका भक्तबहादुर खत्री निर्वाचित भएका छन् । उपमेयरमा निर्वाचित खत्रीले ९ हजार ५२२ मत प्राप्त गरे । एमालेका लालबहादुर स्याङ्तानले ७ हजार ६५२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत