बिहिबार, जेष्ठ ८, २०८२

भक्तपुरमा एमालेबाट खोसियो चाँगुनारायण र मध्यपुरथिमी नगरपालिका


कान्तिपथ


चाँगुनारायण नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका जीवन खत्री र उपप्रमुखमा एमालेका उम्मेदवार रमेश बुढाथोकी विजयी भएका छन् ।

खत्रीले निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार निवर्तमान उपप्रमुख बिना बास्तोलालाई ३ सय ९० मतान्तरले पराजित गरे । खत्रीले ९ हजार ५५० मत प्राप्त गरी विजयी भएका छन् भने बास्तोलाले ९ हजार १६० मत ल्याएकी छन् ।

उपप्रमुखमा विजयी बुढाथोकीले निकतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार सुभद्रा काफ्लेलाई २ हजार ३१ मतान्तरले पराजित गराउँदै ११ हजार १ सय ७ मत प्राप्त गरी विजयी भएका छन् । काफ्लेले ९ हजार ७६ मत ल्याएकी छन् । यसअघि मध्यपुरथिमी नगरपालिकाको प्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उप-प्रमुखमा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजय भैसकेका छन् । चाँगुनारायण र मध्यपुरथिमी अघिल्लो पटक एमालेले जितेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत