दोलखाको बैतेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् । वडा नं १ मा बुथ कव्जा गरेर प्रमुखमा नेपाली कांग्रेसका छवि लामा र उपाध्यक्षमा सोही पार्टीका कल्पना उप्रेती बिजयी भएका हुन् । आज विहान सम्पन्न मतगणना अनुसार लामा ५२९९ मत र उप्रेती ५२७३ मत ल्याएर बिजयी भएकी हुन् । कांग्रेसका छवि लामाले एमालेका अध्यक्षका उम्मेदवार माधव प्रसाद घिमिरेलाई २१२७ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् ।
अध्यक्ष पदका अर्का प्रत्यासी नेकपा माओवादी केन्द्रका लक्ष्मण खड्काले २८६३ मत ल्याएका छन् । कांग्रेसले बुथ कव्जा गरेको भनिएको वडा नम्बर १ गैरीमुदीवाट कांग्रेसलाई एकलौटी १९८७ र एमालेलाई ३ तथा माओवादीलाई २ मत मात्रै आएको छ । लामाको टोलिले वडा नं ३ मा पनि निर्वाचन अशान्त बनाएको आरोप छ ।
उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी कल्पना उप्रेतीले ५२७३ मत पाएकी छिन् । उनका निटकतम प्रतिद्धन्द्धि नेकपा एकिकृत समाजवादीका कल्याण दाहालले २७१८ मत पाएका छन् । उप्रेती र दाहालवीचको मतान्तर २५५५ रहेको छ । नेपाली कांग्रेस छाडेर नेकपा एमालेमा प्रवेश गरेका उपाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार छिवलाल मोक्तानले २०६७ मत पाएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ