मङ्लबार, जेष्ठ ६, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • टोखाको प्रमुखमा एमालेका अधिकारी र उपप्रमुखमा कांग्रेसका तामाङ निर्वाचित

टोखाको प्रमुखमा एमालेका अधिकारी र उपप्रमुखमा कांग्रेसका तामाङ निर्वाचित


कान्तिपथ


काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार प्रकाश अधिकारी निर्वाचित हुनुभएको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा कांग्रेसकी उम्मेदवार रजनी थापालाई झिनो मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालयका लागि नगरप्रमुखमा निर्वाचित हुनुभएको हो ।

निर्वाचित अधिकारीले १० हजार ३४० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका थापाले १० हजार १६६ मत प्राप्त गर्नुभएको टोखाका निर्वाचन अधिकृत सविता शर्माले राससलाई जानकारी दिनुभयो । अधिकारी र थापाको मतान्तर १७४ रहेको थियो ।

यस्तै उपप्रमुखमा कांग्रेसका उम्मेदवार मुरारी तामाङ निर्वाचित हुनुभएको छ । विजयी तामाङले १० हजार १३२ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ज्ञानमाया डङ्गोलले नौ हजार ५१८ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा पराजित डङ्गोल अघिल्लो कार्यकालमा टोखाको उपप्रमुख हुनुहुन्थ्यो । कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६३ मत खसेको थियो । काठमाडौँको उत्तरी क्षेत्र नुवाकोटसँग जोडिएको उक्त नगरपालिकामा ११ वडा रहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत