आइतवार, बैशाख २७, २०८३

सिन्धुलीको गोलञ्जोरमा एमाले विजयी


कान्तिपथ


सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ । एमालेका शङ्कर बरालले कांग्रेसका उम्मेदवार पुष्प कार्कीलाई पछि पर्दै विजयी हुनुभएको हो ।

बरालले चार हजार ७४४ मत प्राप्त गर्दा कार्कीले चार हजार ४६३ मत प्राप्त गर्नुभयो । गाउँपालिका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का ज्वालाप्रसाद न्यौपाने विजयी हुनुभएको छ । उहाँले चार हजार २४२ मत प्राप्त गर्दा एमालेबाट उपाध्यक्ष पदका उम्मेदवार ममता देवकोटाले तीन हजार ८३८ मत प्राप्त गर्नुभएको छ ।

सातवटा वडा रहेको गोलञ्जोरमा दुई वडा माओवादी, दुई वडा एमाले र तीन वडा कांग्रेसले विजय हासिल गरेको छ । माआोबादीबाट वडा नं १ मा सोमप्रसाद बराल, वडा नं ३ मा केपी पोखरेल विजयी हुनुभएको छ । कांग्रेसबाट वडा नं २ मा दौलत कार्की, वडा नं ४ मा भक्तबहादुर भुजेल, वडा नं ६ मा रबिन श्रेष्ठ विजयी हुनुभएको छ । एमालेले दुईवटा वडामा विजय हासिल गरेको छ । वडा नं ५ मा गोबिन्दबहादुर लुङ्गेली, वडा नं ७ मा रेगनराज थापा विजयी हुनुभएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत