सोमवार, जेष्ठ ५, २०८२

पूर्णाहुतिसहित गोरक्ष महायज्ञ समापन


कान्तिपथ


विश्व शान्ति र राष्ट्र कल्याणको सङ्कल्पले वैशाख २३ गतेदेखि पशुपति क्षेत्रको मृगस्थलीमा भएको गोरक्ष महायज्ञ २०७९ पूर्णाहुतिसहित समापन गरिएको छ ।महायज्ञको पूर्णाहुतिमा स्वामी श्रीशनाथलगायत सन्त, महन्तको सहभागिता रहेको थियो । पशुपति क्षेत्रमा आयोजना गरिएको ११ दिने कार्यक्रम वैदिक तथा तान्त्रिक विधिले सञ्चालन भएको थियो । एक हजार ७७३ वर्षअघि राजा नरेन्द्रदेवको पालामा मृगस्थलीमै यो महायज्ञ आयोजना गरिएको इतिहास रहेको महायज्ञ आयोजक मूल समारोह समितिका उपसंयोजक केदारमान भण्डारीले बताउनुभयो ।

त्यसबेला गोरखनाथले सबै नागलाई आसन बनाई राखेर महायज्ञ गर्दा किरा फट्याङ्ग्रा बढेर रोगको महामारी फैलिएको थियो । गोरखनाथलाई आसनबाट उठाउन कामरुप कामाख्यबाट मच्छेन्द्रनाथलाई ल्याएर नागलाई मुक्त गराएपछि कीटाणुले फैल्याएको प्रदूषण कम भई महामारी हटेर शान्ति स्थापना भएको विभिन्न ऐतिहासिक एवं धार्मिक पुस्तकमा उल्लेख गरिएको छ ।

महायज्ञका लागि कामरुप कामाख्यबाट दश महाविद्यामा सिद्धि प्राप्त गुरु डा दिवाकर शर्मालाई बोलाइएको थियो । उहाँको नेतृत्वमा ५१ जना वैदिक र तान्त्रिक गुरुहरु सहभागी भएर महायज्ञ सम्पन्न भएको आयोजक समितिका उपसंयोजक भण्डारीले सुनाउनुभयो । महायज्ञमा देशभरका नाथ सम्प्रदायका मठाधीश, गुरु र भक्तजनको पनि सहभागिता रहेको थियो । महायज्ञमा हिन्दू, बौद्ध, जैन र शिख धर्मका गुरुलाई समेत समावेश गरिएको आयोजक समितिले जनाएको छ । ओमकार परिवारका यी चारै धार्मिक विधिअनुसार महायज्ञमा पूजा, आराधना र हवनसमेत सम्पन्न गरिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत