शुक्रबार, जेष्ठ ३, २०८२

तानसेनमा श्रेष्ठ र सिंजाली निर्वाचित


कान्तिपथ


पाल्पाको सदरमुकाम तानसेन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । गठबन्धनका उम्मेदवार श्रेष्ठले ११ हजार २७३ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

श्रेष्ठका प्रतिस्पर्धी नेकपा (एमाले) पाल्पाका अध्यक्षसमेत रहनुभएका धनेन्द्रराज घिमिरेले १० हजार ३९४ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का प्रतीक्षा सिंजाली ११ हजार १५१ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका शशि श्रेष्ठले १० हजार ३७२ मत पाउनुभएको छ ।

कूल १४ वटा वडा रहेको तानसेनमा वडा नं १, २, ३, ४, ५, ६, ७, ११ र १२ नेपाली कांग्रेस र ८, ९, १० र १४ मा एमाले विजयी भएको छ भने वडा नं १३ मा माओवादी केन्द्र विजयी भएको छ । अघिल्लो निर्वाचनमा एमालेका प्रमुख र उपप्रमुख निर्वाचित भएका थिए । कूल ३३ हजार ७६९ मतदाता रहेको तानसेनमा २३ हजार २५३ मत खसेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत