बिहिबार, जेष्ठ ८, २०८२

देवचुली नगरपालिका प्रमुख–उपप्रमुखमा एमाले निर्वाचित


कान्तिपथ


नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका प्रमुख–उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । देवचुली नगरपालिका प्रमुखमा एमालेका उम्मेदवार हरिप्रसाद न्यौपाने निर्वाचित हुनुभएको हो ।

१२ हजार ८०६ मत ल्याएर नगरप्रमुखमा निर्वाचित हुनुभएका न्यौपानेका प्रतिस्पर्धी नेपाली कांग्रेसका अशोक बस्ताकोटीले ११ हजार २१० मतमात्रै प्राप्त गर्नुभयो । अहिले नगरप्रमुखमा निर्वाचित न्यौपाने यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७४ मा कांग्रेसका पूर्णकुमार श्रेष्ठसँग पराजित हुनुभएको थियो ।

त्यसैगरी देवचुली नगरपालिकाको उपप्रमुखमा एमालेकै उम्मेदवार पार्वता तिवारी निर्वाचित हुनुभएको छ । तिवारीले १२ हजार ७४९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सत्यनारायण भुसालले आठ हजार २२८ मत प्राप्त गर्नुभयो।

अहिले नगर उपप्रमुखमा निर्वाचित तिवारी यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७४ मा समेत नगर उपप्रमुखममा निर्वाचित हुनुभएको थियो । १७ वटा वडा रहेको देवचुली नगरपालिकामा ११ वटा वडामा एमालेले वडाध्यक्ष जितेको छ भने छवटा वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ ।

यहाँ यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७४ मा नगरप्रमुख कांंग्रेसका उम्मेदवारले जितेका थिए । यसपटक नवलपुरमा कांग्रेसले यो सहित तीन स्थानमा आफ्नो पकड गुमाएको छ । यसअघि प्रमुख अध्यक्ष पद जितेको बौँदीकाली, हुप्सेकोट, बुलिङटार र देवचुली नगरपालिकाको अन्तिम मत परिणाम आउँदा कांग्रेसले हुप्सेकोट गाउँपालिकामा मात्र आफ्नो बिरासत जोगाउन सकेको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत