बिहिबार, जेष्ठ ८, २०८२

बगनासकालीमा एमाले विजयी


कान्तिपथ


पाल्पाको बगनासकाली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का सरस्वती दर्लामी (चिदी) निर्वाचित हुनुभएको छ । निवर्तमान गाउँपालिका उपाध्यक्षसमेत रहनुभएकी उहाँ छ हजार ४६६ मतसहित अध्यक्षमा विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिता अधिकारीले पाँच हजार ६३३ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा पनि एमालेबाटै हरिप्रसाद पाठक निर्वाचित हुनुभएको छ । पाँच हजार ८७३ मतसहित उहाँ विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेले चार हजार ७७८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रवि न्यौपानेले जनकारी दिनुभयो । बगनासकालीको ९ वडामध्ये १, ६ र ९ मा कांग्रेसले र बाँकी सबैमा एमालेका उम्मेदवारले जितेको छ । यहाँ २०७४ को निर्वाचनमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेबाट निर्वाचित भएको थियो । यससँगै जिल्लाको रम्भा गाउँपालिकाबाहेक नौ पालिकाको मतगणना कार्य सकिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत