लिभरपुलले इंग्लिस प्रिमियर लिगमा मंगलबार साउथह्याम्पटनलाई २–१ ले हराएपछि उपाधिको छिनोफानो प्रतियोगिताको अन्तिम दिन हुने भएको छ । कमजोर टिम उतारेको लिभरपुलको यस जितपछि एकै सिजन चार उपाधि जित्ने सपना पनि कायम रह्यो ।
तीन दिन अगाडि एफएकपको फाइनलमा चेल्सीलाई टाइब्रेकरमा पराजित गरेको लिभरपुलले सेन्ट मेरिजमा भएको खेलमा नौ परिवर्तन गरेको थियो । साउथह्याम्पटनले नथान रेडमन्डको गोलले अग्रता लिए पनि योर्गन क्लोपका लागि ताकुमी मिनामिनो र जोएल माटिपले गोल गरे ।
लिभरपुल लिग तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा एक अंकले पछाडि छ र दुवै टिमले एकै खेल मात्र खेल्न बाँकी रहेको छ । लिगको अन्तिम दिन सिटीले एस्टन भिल्लाको सामना गर्नेछ भने लिभरपुलले उल्भ्सविरुद्ध खेल्नेछ ।
अन्तिम दिन सिटी त्यस खेलमा जित निकाल्न असफल रहे र लिभरपुल विजयी रहे, उसले पछिल्ला तीन सिजनमा दोस्रो पल्ट प्रिमियर लिग उपाधि जित्न सक्नेछ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ