सोमवार, जेष्ठ ५, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • भारतीय काँग्रेसको गुजरात प्रदेश अध्यक्ष पटेलद्धारा पार्टी परित्याग

भारतीय काँग्रेसको गुजरात प्रदेश अध्यक्ष पटेलद्धारा पार्टी परित्याग


कान्तिपथ


४ जेठ भारतीय राष्ट्रिय काँग्रेसको गुजरात प्रदेश अध्यक्ष हार्दिक पटेलले पार्टी परित्याग गर्नु भएको छ । पार्टीको प्रदेश नेतृत्वप्रति केही समयदेखि असन्तुष्टि व्यक्त गर्दै आउनु भएका पटेलले बुधबार पार्टीको जिम्मेबारीबाट राजीनामा दिनुभएको हो ।

उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ, “मैले आज पार्टीको गुजरात प्रदेश कार्य समितिको अध्यक्ष र साधारण सदस्यबाट राजीनामा दिएको छु ।”उहाँले आफ्नो निर्णयबाट आफ्ना सबै सहकर्मी, समकक्षी, सुवेच्छुक र गुजरातका जनता खुशी हुने र स्वागत गर्ने विश्वास पनि व्यक्त गर्नु भएको छ ।

उहाँको निर्णयबाट पार्टीका पूर्व अध्यक्ष राहुल गान्धीले दुःख व्यक्त गर्नु भएको छ । उहाँले पार्टी र पद परित्याग गर्ने निर्णय फिर्ता लिएर पार्टीमै रहन पटेललाई आग्रह गर्नु भएको छ । उहाँले पार्टीका इन्चार्ज र अरु नेताहरुलाई पनि पटेलसँग छलफल गरेर उहाँका असन्तुष्टिहरु सम्बोधन गर्न र विमती न्युनिकरण गरी विवाद अन्त्य गर्न पनि निर्देशन दिनुभएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत