बिहिबार, जेष्ठ ८, २०८२

हैदरावादको प्लेअफ सम्भावना कायमै


कान्तिपथ


सनराइज हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा मंगलबार मुम्बई इन्डियन्सलाई तीन रनले पराजित गर्दै आफ्नो लगातार पाँच खेलको हारको क्रम रोकेको छ । जितले उसको प्ले अफ सम्भावना पनि कायम रह्यो ।

राहुल त्रिपाठीले ४४ बलमा ७६ रन बनाएपछि हैदरावादले छ विकेटमा १ सय ९३ रन बनाएको थियो । उमरान मलिकले २३ रन खर्चेर तीन विकेट लिएपछि मुम्बईले जवाफमा सात विकेट गुमाएर १ सय ९० रन मात्र बनाउन सक्यो ।

टिम डाविडले १८ बलमा ४६ रन बनाए पनि मुम्बईलाई जित दिलाउन सकेनन् । सन् २०१६ को विजेता हैदरावादले सहभागी १० टिममध्ये आठौं स्थानमा छ र उसको प्ले अफ सम्भावना भने झिनो मात्र हो ।

आईपीएल इतिहासकै सर्वाधिक सफल टिम मुम्बईको प्ले अफ सम्भावना यसअघि नै समाप्त भइसककेको छ र दसौं हारसँग टिम अंक तालिकाको पुछारमा रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत