सोमवार, कार्तिक २४, २०८२

नेपाली मुद्रा डलर विरुद्द अहिलेसम्मकै कमजोर स्थितिमा


कान्तिपथ


अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर स्थितीमा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बनेको जानकारी दिएको हो ।

केन्द्रीय बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्रीदर १२४.४१ रुपैयाँ कायम भएको छ । यस्तै, डलरको खरिददर १२३.८१ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले उल्लेख गरेको छ । यसैगरी, आज एक यूरोको बिक्रीदर १३१.०६ रुपैयाँ र खरिददर १३०.४३ रुपैयाँ छ ।

एक पाउण्ड स्र्टलिङको बिक्रीदर १५५.२५ रुपैयाँ र खरिददर १५४.५० रुपैयाँ छ । यस्तै, ८७.५३ रुपैयाँ बिक्रीदर रहेको अष्ट्रेलियन डलरको खरिददर ८७.११ रुपैयाँ छ भने ८९.८८ रुपैयाँ बिक्रीदर कायम सिंगापुर डलरको खरिददर ८९.४५ रुपैयाँ छ।

यस्तै, १० जापानी येनको बिक्रीदर ९.६२ रुपैयाँ र खरिददर ९.५८ रुपैयाँ छ भने चिनियाँ युवानको बिक्रीदर १८.४८ रुपैयाँ र खरिददर १८.३९ रुपैयाँ छ । यसका साथै, साउदी रियालको बिक्रीदर ३३.१७ रुपैयाँ र खरिददर ३३.०१ रुपैयाँ छ ।

यता कतारी रियालको बिक्रीदर ३४.०५ रुपैयाँ र खरिददर ३३.८८ रुपैयाँ छ । संयुक्त अरब इमिरेट्स (यूएई)को बिक्रीदर ३३.८७ रुपैयाँ र खरिददर ३३.७१ रुपैयाँ हुँदा मलेसियन रिंगटको बिक्रीदर २८.३४ रुपैयाँ र खरिददर २८.२० रुपैयाँ छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत