आइतवार, बैशाख २७, २०८३

कालीकोटमा कांंग्रेस÷ स्वतन्त्र दुई÷दुई र माओवादी तीन स्थानमा विजयी


कान्तिपथ


कालीकोटका नौ स्थानीय तहमध्ये सातको स्थानीय तहको चुनावी नतिजा सार्वजनिक भएको छ । तीमध्ये दुई पालिकामा नेपाली कांग्रेस, दुईमा पालिकामा स्वतन्त्र र तीन पालिकामा नेकपा (माओवादी केन्द्र्र)का उम्मेदवार विजयी भएका छन् ।

खाँडाचक्र नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ । खाँडाचक्रको प्रमुखमा कमलबहादुर शाही र सान्नी त्रिवेणीको अध्यक्षमा मोहनबहादुर केसी विजयी हुनुभएको छ । खाँडाचक्रमा माओवादीका उपप्रमुख गणेशबहादुर शाही र सान्नी त्रिवेणीमा उपाध्यक्षमा एमालेबाट पार्वतीसिंह विजयी हुनुभएको छ ।

तिलागुफा नगरपालिका र नरहरिनाथ गाउँपालिकामा कांगे्रसका उम्मेदवार विजयी हुनुभएको छ । तिलागुुफा नगरपालिकाको प्रमुखमा कांग्रेसबाट शङ्करप्रसाद उपाध्याय र नरहरिनाथ गाउँपालिका नगेन्द्र विष्ट विजयी हुनुभएको छ । तिलागुफाको उपप्रमुखमा एमालेका उम्मेदवाार महेन्द्रबहादुर शाही र नरहरिनाथ गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका कमलबहादुर शाह विजयी हुनुभएको छ ।

शुभकालिका, महावै र पलाता गाउँपालिकामा माओवादीबाट उम्मेदवारले विजयी गरेका छन् । शुभकालिकामा गोविन्द आचार्य, महावैमा खेमबहादुर सिंह र पलाता गाउँपालिकामा विष्णुबहादुर रोकाया विजयी हुनुभएको छ । शुभकालिकामा उपाध्यक्षमा कांग्रेसका धर्मा शाही, महावैमा उपाध्यक्षमा एमालेबाट दानसिंह सेजुवाल र पलाता गाउँपालिकाको उपाध्यक्षमा माओवादीका अलैपुरा जैशी निर्वाचित हुनुभएको छ । जिल्लाको रास्कोट नगरपालिका र पचालझरना गाउँपालिका मतगणना जारी नै छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत