बिहिबार, जेष्ठ ८, २०८२

नेपालका लागि भारतीय राजदूतमा श्रीवास्तव नियुक्त


कान्तिपथ


भारतले नेपालका लागि नयाँ राजदूतमा नवीन श्रीवास्तवलाई नियुक्त गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरेको भोलिपल्ट विदेश मन्त्रालयले श्रीवास्ताव राजदूतमा नियुक्त भएको जानकारी सार्वजनिक गरेको हो ।

विदेश मन्त्रालयमा अतिरिक्त सचिव रहेका श्रीवास्तव पूर्वी एसीया विभागको प्रमुख थिए । उक्त विभागले चीन, जापान, उत्तर कोरिया, दक्षिण कोरिया र मंगोलियासँगको कूटनीतिक सम्बन्धलाई हेर्छ ।

श्रीवास्तवले यसअघि कम्बोडियाको राजदूत र चीनको सांघाईमा महावाणिज्य दूतको जिम्मेवारी सम्हालिसकेका थिए । उनी चीन विज्ञका रूपमा परिचित छन् । उनी सन् २०२० यता भारत र चीनबीच सीमा विवाद र लद्दाख क्षेत्रमा दुई देशका सैनिकबीच भएका झडपका घटनापछि कैयौं वार्तामा भारतका तर्फबाट सहभागी भएका छन् ।

नेपाली राजनीतिमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रभाव बढिरहेका बेला श्रीवास्तवको कार्यकाल चुनौतीपूर्ण हुन सक्ने हिन्दुस्तान टाइम्सले लेखेको थियो । मस्कोमा आयोजित सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को सम्मेलनका क्रममा भएको चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीचको साइडलाइन वार्तामा समेत श्रीवास्तव सहभागी थिए ।

नेपालमा रहेका राजदूत विनयमोहन क्वात्रा विदेश सचिवमा नियुक्त भएपछि नेपालमा उक्त पद खाली थियो । हर्षवर्द्धन शृंगलाले अवकाश पाएपछि भारत सरकारले क्वात्रालाई विदेश सचिवको जिम्मेवारी दिएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत