शनिबार, साउन ५, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • खजुरा गाउँपालिकामा अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित

खजुरा गाउँपालिकामा अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित


कान्तिपथ


बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका दुवै उम्मेदवार निर्वाचित हुनुभएको छ । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डम्बर विक अध्यक्ष पदमा १० हजार ७९० मत ल्याएर र नेपाली कांग्रेसकी मञ्जु मल्ल उपाध्यक्ष पदमा १० हजार ३४ मत ल्याएर निर्वाचित हुनुभएको खजुराका निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिनुभयो ।विकका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले नौ हजार १३७ मत पाउनुभएको थियो । उपाध्यक्षमा मल्लले निकटतम प्रतिद्वन्द्वी एमालेकी ताजरुन निशालाई पराजित गर्नुभएको थियो । उहाँले आठ हजार ९१ मत ल्याउनुभएको थियो । विसं २०७४ को स्थानीय निर्वाचनमा उक्त गाउँपालिकामा नेकपा एमाले निर्वाचित भएको थियो । आठ वडा रहेको सो गाउँपालिकामा माओवादी केन्द्रले पाँच, कांग्रेसले दुई र एमालेले एक वडामात्रै जितेको छ । अहिलेसम्म बाँकेमा राप्तीसोनारी र डुडुवा गाउँपालिकाको अन्तिम मत परिणाम घोषणा भइसकेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत