शुक्रबार, बैशाख ६, २०८२

महोत्तरीको अध्यक्षमा तमलोपा र उपाध्यक्षमा जसपा निर्वाचित


कान्तिपथ


महोत्तरीको महोत्तरी गाउँपालिकाको अध्यक्ष पदमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र उपाध्यक्ष पदमा जनता समाजवादी नेपाल (जसपा)ले विजयी प्राप्त गरेको छ । तमलोपाका दिलीपकुमार पाण्डेयले दुई हजार ३३६ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अजयजङ्ग रायले दुई हजार २०८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले बताउनुभयो ।

यसैगरी उपाध्यक्ष पदमा जसपाकी दिपोदेवी पासवानले दुई हजार ६४ मत प्राप्त गरेर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी तमलोपाकी ललितादेवी साहले एक हजार ९९१ मत प्राप्त गनुभएको छ । जिल्लाको तीनवटा पालिकाको मतगणना सम्पन्न भइसक्दा नेपाली कांग्रेस एक, नेकपा नेकपा (एमाले ) एक र तमलोपाले एक जितेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत