बुधबार, असार १५, २०७९
  • गृहपृष्‍ठ
  • बिश्व
  • क्रिप्टोकरेन्सी लुना क्र्यास हुँदा सेलिब्रिटीले २४ घण्टामै गुमाए ३५ करोड रुपैयाँ

क्रिप्टोकरेन्सी लुना क्र्यास हुँदा सेलिब्रिटीले २४ घण्टामै गुमाए ३५ करोड रुपैयाँ


कान्तिपथ


डिजिटल मुद्रा क्रिप्टोकरेन्सीले विश्वका धेरै मानिसहरुलाई रातारात धनी बनाइदिएको छ । कतिपय मानिसहरुले भने त्यही क्रिप्टोकरेन्सीका कारण आफ्नो जीवनभरको कमाई समेत गुमाउनुपरेको छ ।

डिजिटल दुनियाँका एक चर्चित स्टारले पनि क्रिप्टोकरेन्सीबाटै केवल एक दिनमै करीब ३५ करोड रुपैयाँ गुमाएका छन् । विश्वमा क्रिप्टोकरेन्सीको बजार धरासायी हुँदा उनले करोडौँ रकम क्षणभरमै गुमाउनुपरेको हो । करोडौँ रकम गुमाएसँगै उनी डिप्रेसनको सिकार बनेका छन् ।

ओलाजिदे ओलायंका विलियम्स बेलायती युट्युुबर तथा र्यापर हुन् । सोसल मिडियामा उनी ‘केएसआई’ नामले चर्चित छन् । उनले क्रिप्टो मार्केटबाट २८ लाख डलर गुमाएका छन् ।

केएसआईले क्रिप्टोकरेन्सी लुनामा लगानी गरेका थिए, जसबाट उनलाई भारी नोक्सानी भयो । लुनाको शेयर मूल्यमा २४ घण्टाको बीचमा ९७ प्रतिशतले गिरावट हुँदा उनले करोडौँ रकम गुमाउनु परेको हो । क्रिप्टोकरेन्सीको मार्केट क्र्यास हुँदा त्यसको असर बिटक्वाइन तथा इथेरियम जस्ता ठूला क्रिप्टोकरेन्सीको मूल्यमा पनि परेको छ ।

२४ घण्टामा २१ करोड भन्दा धेरै रकम गुमाएपछि सोसल मिडिया स्टार केएसआई डिप्रेसनमा गएका थिए । उनले त्यस अवस्थामा आफुले आफुलाई निकै राम्रोसँग सम्हालेको बताएका छन् । उनले भनेका छन्,” केही छैन, म अझै मरेको छैन । त्यो पैसा भन्दा ठूलो आफ्नो परिवार तथा साथीहरुलाई महत्व दिन्छु । क्रिप्टो बजारले मलाई निकै धेरै सिकाएको छ ।”

उनले आफ्नो ट्वीटरमा एक ट्वीट गर्दै आफुले गरेको २८ लाख डलरको लुना १ हजार डलरमा झरेको भन्दै अट्टहास गरेका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत