बिहिबार, जेष्ठ ८, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • विराटनगरमा ४० हजार मतगणना गर्दा मेयरमा १० हजार र उपमेयरमा १५ हजार मत बदर !

विराटनगरमा ४० हजार मतगणना गर्दा मेयरमा १० हजार र उपमेयरमा १५ हजार मत बदर !


कान्तिपथ


प्रदेश १ को राजधानी समेत रहेको विराटनगर महानगरपालिकामा यसपालिको स्थानीय निर्वाचनमा ८९ हजार ६७८ मत खसेको छ । त्यसमध्ये ४० हजार मत गणना गर्दा मेयरमा २५ प्रतिशत र उपमेयरमा ३८ प्रतिशत मत बदर भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा पनि यो महानगरपालिकामा खसेको मतको २४ दशमलव ७ प्रतिशत मत बदर भएर मत हाल्न नजान्ने मतदातामा मुलुककै पहिलो भएको थियो ।

विराटनगरमा सत्तारुढ दलहरुबीच मेयर र उपमेयरमा गठबन्धन छ । त्यसमा मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जसपाका अमरेन्द्र यादव उम्मेदवार छन् । कांग्रेसको उपमेयर उम्मेदवार छैन । जसपाको मेयरको उम्मेदवार छैन । त्यसैगरी माओवादी केन्द्र र नेकपा एकीकृतका मेयर र उपमेयरका दुवै उम्मेदवार छैन । तर, तिनै उम्मेदवार नै नभएका सबै दलका चुनाव चिन्हमा उम्मेदवारले पाए समान मत परेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ४० हजार मत गणना गर्दा मेयरमा मात्र १० हजार ३७७ मत र उपमेयरमा १५ हजार ६३७ मत बदर भएको छ । त्यसमध्ये ७० प्रतिशत मत उम्मेदवार नै नभएको चिन्हमा छ । कार्यालयका सूचना अधिकृत हेमबहादुर बुडाथोकीले भने उम्मेदवार नभएको चुनाव चिन्हमा मत पर्दा र उम्मेदवार भएका मेयर र उपमेयरको अलग अलग चिन्हमा दुई ठाउँमा मत दिँदा बदर मातको चाङ चाङ लागेको हो ।

गठबन्धनमा कांग्रेसको उपमेयरको उम्मेदवार छैन । तर कांग्रेसको उपमेयरको चिन्हमा मात्र ४ हजार बढी मत परेको छ । यसले गठबन्धन दलका शिर्ष नेताहरुको गठबन्धनलाई कांग्रेसी कार्यकर्ताले अस्वीकार गरेको पुष्टि हुन्छ । त्यही मत गठबन्धनका उपमेयर उम्मेदवार यादवलाई परेको भए एमालेकी उपमेयर उम्मेदवार शिल्पा निराला कार्कीसँग समानन्तर प्रतिस्पर्धी बन्थे । कार्कीले ४० हजार मत गणना गर्दा १२ हजार ४९७ मत ल्याएकी छन् । यादवले ७ हजार ६२४ मत पाएका छन ।

कार्यालयका अनुसार वडा नम्बर ४ को एक बुथको एक मतपत्रमा ‘नालायक भष्ट्रचारी नेताहरु नो भोट नो रिक्स’ लेखिएको पाइएको छ । उक्त मतपत्रमा कुनैपनि चिन्हमा मत हालिएको छैन ।

निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्दा र गठबन्ध दलका उम्मेदवारले पनि आ–आफनो स्वार्थमा मत माग्दाको यो परिणाम आएको बुज्रुकहरुको भनाइ छ । गठबन्धन दलका उम्मेदवारले निर्वाचनको अन्तिम समयमा आ–आफनो दलका लागि प्यानल मै मत मागेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत