बुधबार, असार १५, २०७९
  • गृहपृष्‍ठ
  • बिश्व
  • इजरायलका प्रधानमन्त्री र फ्रान्सका राष्ट्रपतिबीच चाँडै भेटवार्ता हुने

इजरायलका प्रधानमन्त्री र फ्रान्सका राष्ट्रपतिबीच चाँडै भेटवार्ता हुने


कान्तिपथ


४ जेठ इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेट र फ्रान्सका राष्ट्रपति एम्यानुयल माक्रोँबीच चाँडै भेटवार्ता हुने भएको छ । उहाँहरुका बीचमा मङ्लबार भएको टेलिफोन कुराकानीका क्रममा चाँडै भेट्ने सहमति भएको दुवै पक्षका अधिकारीहरुले जनाएका छन् ।

चाँडै भन्नाले कहिले भन्ने टुंगो नलागेको भएपनि दुवै देशका कूटनीतिज्ञहरुले छलफल गरेर समय तय गर्ने जनाइएको छ । उहाँहरुले अहिलेको टेलिफोन वार्तामा पनि दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयसँगै राष्ट्रिय तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विविध विषयमा छलफल गर्नु भएको छ ।

फोन वार्ताका क्रममा इजरायली प्रधानमन्त्री बेनेटले फ्रान्सका राष्ट्रपति माक्रोँलाई पुनः निर्वाचित भएकोमा बधाई दिनु भएको थियो भने माक्रोँले बेनेटलाई धन्यवाद दिनुभएको थियो । आगामी दिनमा सहकार्य बढाउने, सम्बन्ध थप बलियो बनाउने र धेरै कामहरु मिलेर गर्ने उहाँहरुले सहमति गर्नु भएको अधिकारीहरुले जनाएका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत