बुधबार, असार १५, २०७९

नेपाल टी ट्वान्टी लिगको आधिकारिक घोषणा


कान्तिपथ


नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग आगामी असोज दोस्रो सातादेखि हुने भएको छ ।

युवा तथा खेलकूदमन्त्री महेश्वरजङ्ग गहतराजले उक्त प्रतियोगिताको औपचारिक घोषणा क्यानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गर्नुभयो । प्रतियोगिता आगामी असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा विभिन्न छ टोलीको सहभागिता रहने क्यानले जनाएको छ । क्यानले यसअघि नै प्रेस विज्ञप्तिमार्फत उक्त प्रतियोगिताको घोषणा गरेपनि मिति भने सार्वजनिक गर्न सकेको थिएन ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको आधिकारिक टी ट्वान्टी लिगको औपचारिक घोषणा गर्न पाउँदा खुसी लागेको भन्दै उक्त प्रतियोगिताले पर्यटकीय र व्यावसायिक हिसाबबाट नेपाली क्रिकेटले फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत