लामाे समयदेखिकाे आफ्नो गढ जिल्ला दाेलखाका धेरै स्थानबाट एमाले बढारिएकाे छ । २०७४ मा ९ मध्ये ७ स्थानीय तह र ७४ मध्ये ४४ ओटा जितेकाे एमाले या निर्वाचनमा नराम्ररी खुम्चिएकाे छ ।
बुधबार साँझसम्म सकिएकाे मतगणना अनुसार एमालेले दुई ओटा स्थानीय तहमा मात्रै प्रमुख र उपप्रमुख जितेकाे छ । ६ ओटा स्थानीय तहकाे मतगणना सकिदा जिरी नगर र मेलुङ गाउँपालिकामा मात्र एमालेले जितेकाे छ । जिरीका ९ मध्ये एउटा मात्र वडा अध्यक्ष जितेर अल्पमतकाे कार्यपालिकाकाे नेतृत्व गर्ने गरि एमालेका मेयर र उपमेयर विजयी भएका छन् ।
गाैरीशंकर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका विश्वास कार्कीले अध्यक्ष र कांग्रेसका श्यामसुन्दर तामाङले उपाध्यक्ष जितेका छन् । याे एमालेका पाेलिटब्युराे सदस्य एवं पूर्व सञ्चारमन्त्री पार्वत गुरुङको गाउँपालिका हाे । २०७४ काे स्थानीय चुनावमा पालिका अध्यक्ष र उपाध्यक्ष सहित ७ वडा जितेको एमाले एउटा वडामा खुम्चिएकाे छ । ९ वडा रहेकाे पालिकाका ५ वडा माओवादी केन्द्र र तीन वडा नेपाली कांग्रेसले जितेकाे छ ।
एमालेको यो लज्जास्पद हारको कारण थुप्रै छन् । अघिल्लो पटक पनि गठबन्धन भएपनि माओवादीका सबै नेता कार्यकर्तालाई झुटा मुद्धा लगाएर एमालेले गौरीशंकर गाउँपालिका जितेको थियो । यसपटक पनि बाम-लोकतान्त्रिक गठबन्धनलाई एमाले हारको प्रमुख कारण मानिए पनि एमाले भित्रकै अन्तरविरोध र अन्तर्घात माओवादीको जितलाई सघाउ पुर्याउने कारण हुन् । वडाअध्यक्षसहित सिंगो प्यानल एमालेले जित्दा पनि त्यहि वडामा मेयरका उम्मेदवारले वडाअध्यक्ष भन्दा ३५० भोट कम ल्याएको उदाहरण पनि दोलखामा देखिए ।
अन्तर्घात विशेष गरि गौरीशंकर, भिमेश्वर, बैतेश्वर लगायतका पालिकामा देखिएका छन् । २०७४ को स्थानीय निर्वाचनमा माओवादीबाट गाउँपालिका अध्यक्षमा उठेका उम्मेदवार निमा लामा एमाले मै लैजाँदा समेत गौरीशंकरमा पार्वतको केहि जोर चलेन । यसपटक उनकै पालिकाका एक वडा अध्यक्षका उम्मेदवारलाई ३० लाखमा वडा अध्यक्षको टिकट निष्क्रिय बसेर कांग्रेसलाई बेचेको आरोप लागेको छ ।
कान्तिपथको सम्पर्कमा आएका एमालेका एक जिल्ला कमिटी सदस्यको भनाई आधार मान्ने हो भने उक्त वडामा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवारको भन्दा वडाअध्यक्षको मत ७ गुणा कम आएको छ जबकि स्थानीयताले गर्दा वडा अध्यक्षको मत बढी आउनु पर्ने हो । वडा अध्यक्षका उम्मेदवारले ५० मत पनि कटाउन नसक्नु जिल्ला कमिटी सदस्यको भनाईलाई बल दिने आधार हो । उनका अनुसार १५ लाख नगद र १५ लाख चेकमा कारोबार भएर कांग्रेसलाई सघाउने सहमति भएपनि चुनाव भने माओवादीले जितेको छ।
अघिल्लो पटक उक्त वडा एमालेले ४५० भन्दा बढी मत ल्याएर जितेको थियो । वडा तहबाट यो तहको घात भएपछि उक्त क्षेत्रका नेताहरु पार्वत गुरुङ्ग, महाराज गुरुङ्ग, जंगबहादुर गुरुङ्ग लगायत तिल्मिलाएका छ । यसरी आरोप लाग्ने एमाले उम्मेदवार मिङ्गुर शेर्पा हुन् । उनको उक्त हर्कत पछि वडाअध्यक्षका आकांक्षी लाक्पा शेर्पाले राजनीतिबाट सन्यास लिएको भन्दै फेसबुकमा लेखेका थिए । उनी हिजो माओवादीको विजय जुलुसमा सहभागी भएका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ