बिहिबार, जेष्ठ ८, २०८२

अग्रतालाई फराकिलो बनाउँदै रेणु: एमालेको भन्दा ३ हजार बढी भोट


कान्तिपथ


चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन्।

बिहीबार बिहानसम्मको मतगणनामा रेनु एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ३ हजार १ मतले अघि छिन्।

३८ हजार ८६४ मत गणना हुँदा रेनुले १४ हजार ७६६ मत पाएकी छन्। एमालेका सुवेदीले ११ हजार ७६५ मत प्राप्त गरेका छन्। रेनु विरुद्ध कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ६ हजार ९० मत पाएका छन्।

उपप्रमुखमा काँग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९६ मतका साथ अग्रता कायम राखेका छन्। राप्रपाकी हिमला गुरुङले ९ हजार ५०१ मत प्राप्त गरेकी छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत