शनिबार, चैत्र ९, २०८१

फिदिमको प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र विजयी


कान्तिपथ


पाँचथरको फिदिम नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

प्रमुखमा कांग्रेसका मित्रप्रसाद काफ्ले र उपप्रमुखमा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने विजयी हुनुभएको हो । काफ्लेले नौ हजार ८५५ मत प्राप्त गर्नुभयो । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पृथ्वी लावतीलाई ६०५ मतान्तरले पराजित गर्नुभएको हो । लावतीले नौ हजार २८० मत प्राप्त गर्नुभयो ।

प्रमुखमा मङ्गोल नेशनल अर्गनाइजेसनका हरिचन्द्र नेम्वाङले २८८, जनता समाजवादी पार्टीका विष्णुकुमार लावतीले २७४, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका देउकुमार नेम्वाङले ७७ मत र राष्ट्रिय जनमुक्ति पार्टीका सनम तुम्बापोले २६ मत प्राप्त गर्नुभयो ।

यस्तै नगर उपप्रमुखमा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने नौ हजार ३६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद थापा मगरले पाँच हजार ६४३ मत प्राप्त गर्नुभयो । जनता समाजवादी पार्टीकी भावना सुब्बाले ५३५, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सुनिता केरुङले १९५ र नेकपा (माले)की पुण्यमाता घिमिरेले ३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फिदिम नगरपालिकामा कांग्रेस र एमालेबाट समान चार÷चार वडाध्यक्ष निर्वाचित भएका छन् । एमालेले वडा नं १, २, ११ र १२, कांग्रेसले वडा नं ३, ५, ७ र ९, माओवादी केन्द्रले वडा नं ८, १३ र १४, राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा नं ४ र १० मा जित हासिल ग¥यो । वडा नं ६ मा स्वतन्त्र उम्मेदवार विजयी भए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत